फाइल तस्वीर

देश/प्रदेश

भरतपुर महानगरले तोक्यो डेङ्गु परीक्षण शुल्क

By खबरहब

August 10, 2023

चितवन– भरतपुर महानगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाले डेङ्गु परीक्षणमा मनपरी शुल्क लिन थालेपछि भरतपुर महानगरपालिकाले शुल्क तोकेको छ । डेङ्गु परीक्षणका लागि अधिकतम छ सय तोकिएको हो ।

महानगरप्रमुख रेनु दाहालले शुल्कमा एकरूपता गराउन र  नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन शुल्क तोकिएको बताइन्। उनले  महानगरका सम्बन्धित सबै स्वास्थ्य संस्थालाई समयमै रिपोर्ट दिन समेत अनुरोध गरिन्। 

जिल्लाका प्रदेशस्तरका स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण निःशुल्क हुने गरेको छ । भरतपुर अस्पतालले भने रु आठ सय लिँदै आएकोमा अब रु छ सयमात्र लिने जनाएको छ । पछिल्लो समय जिल्लामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ ।  

साउनयता जिल्लामा ५२ जनामा उक्त सङ्क्रमण पुष्टि भइसकेको छ ।