फाइल तस्वीर

देश/प्रदेश

समाजवादी मोर्चाको बाग्मती प्रदेशको सन्देशसभा आज हेटौँडामा

By खबरहब

September 10, 2023

हेटौँडा– चार दल सम्मिलित समाजवादी मोर्चाले आज बागमती प्रदेश अन्तर्गत हेटौँडामा सन्देशसभा आयोजना गर्ने भएको छ ।

मुलुकका ७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आज हेटौँडामा सभा आयोजना गर्न लागिएको हो । सो सन्देशसभा हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजे सुरु हुने जनाइएको छ ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतले उक्त सभालाई सम्बोधन गर्नेछन् ।

मोर्चाले सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशमा सन्देशसभा सम्पन्न गरिसकेको छ ।  

मोर्चामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छन् ।