खेलकुद

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जापानसँग जर्मनी पराजित

By खबरहब

September 10, 2023

काठमाडौँ– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली मुलुक जापानले जर्मनीमाथि सानदार जित निकालेको छ । 

जर्मनीस्थित वल्फ्सबर्गको घरेलु मैदानमा गएराति भएको खेलमा जर्मनीलाई ४–१ ले गोलले हराउँदै जापान विजयी भएको हो ।

जापानको जितमा जुन्या इतो, अयस उइदा, ताकुमा असानो र आओ तनाकाले एक–एक गोल गरेका थिए । जर्मनीको लागि लेरोए सानेले एक गोल फर्काएका थिए ।