आर्थिक

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

September 10, 2023

काठमाडौँ– आज नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । 

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।