देश/प्रदेश

‘एक भागवत गीता’ चलचित्रको नाम परिवर्तन हुने

By खबरहब

September 10, 2023

काठमाडौँ- विवादमा तानिएको ‘एक भागवत गीता’ चलचित्रको नाम परिवर्तन हुने भएको छ ।

अब चलचित्रको नाम ‘एक भागवत र एक गीता (सामाजिक कथा) लेख्ने सहमति भएसँगै चलचित्रको विवाद टुंगिएको हो ।

चलचित्रको निर्माण पक्ष, उजुरीकर्ता र चलचित्रसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिबीच भएको छलफलपछि नाम परिवर्तन गरी ‘एक भागवत् एक गीता (सामाजिक कथा) राख्ने सहमति भएको चलचित्र विकास बोर्डले जनाएको छ ।