फाइल तस्वीर

ब्रेकिङ स्टोरी

दुई करोड ४६ लाख धरौटी बुझाएर मीनबहादुर गुरुङ रिहा

By खबरहब

September 10, 2023

काठमाडौँ- ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ धरौटी रकम बुझाएर रिहा भएका छन् ।

उनलाई जिल्ला अदालत काठमाडौंले आइतबार नै दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकोमा अदालतले मागेको जम्मा गरेर उनी आइतबार साँझ रिहा भएका हुन् ।

जिल्ला अदालत आइतबार यो प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले किर्ते कसुरमा उनीहरूमाथि मुद्दा चलाएको थियो ।