सांकेतिक तस्बिर

देश/प्रदेश

करेन्ट लागेर एकजनाको मृत्यु

By खबरहब

September 10, 2023

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा घाँस काट्ने क्रममा करेन्ट लागेर स्थानीय ५० का धनबहादुर थापाको मृत्यु भएको छ ।

विद्युत् पोल नजिकै रहेको रुखमा चढेर घाँस काट्दा करेन्ट लागेर मृत्यु भएका थापाको शव परीक्षणको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको जिल्ला प्रहरी कार्यालय तौलिहवाले जनाएको छ ।