क्रिकेट

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण स्थगित

By खबरहब

September 10, 2023

काठमाडौँ । एसिया कपको सुपर फोरमा वर्षाको कारण भारत र पाकिस्तानबीचको खेल स्थगित भएको छ ।

कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो ।

त्यसपछि वर्षाका कारण खेल अगाडि बढ्न सकेन । सोमबार भारत र पाकिस्तानबीच पुनः खेल हुनेछ ।

सोमबार भारतले खेल यहिँ अवस्थाबाट सुरुवात गर्नेछ । भारत र पाकिस्तानबीचको खेलमा रिजर्भ डे राखिएको थियो । सोमबार हुन नसकेको अवस्थामा भने खेल रद्द हुँदै दुबै टोलीले एक एक अंक बाँड्नेछन् ।