सांकेतिक तस्बिर

देश/प्रदेश

अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु

By खबरहब

October 10, 2023

जाजरकोट– जाजरकोटको कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरबहादुर सिंहका छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता रहेका छन् ।

टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिएको जानकारी अनुसार घाइते निर्जलाको उपचारका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा हिजो बाटोमै र सुस्मिताको आइतबार बेलुका नै मृत्यु भएको थियो ।

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले टोकेर घाइते भएको प्रमुख बस्नेतले बताए ।

उनीहरुलाई गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालले टोकेको थियो ।