सांकेतिक तस्बिर

देश/प्रदेश

टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ

By खबरहब

October 10, 2023

टीकापुर- कैलालीको टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ स्थित सडक खण्डबाट १३० मिलिग्राम लागूऔषधसहित एक जना पक्राउ परेका हुन् । सोही स्थानका ३१ वर्षीय विश्वप्रताप शाह सोमबार साँझ लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित पक्राउ गरेको हो ।