फाइल तस्वीर

समाचार

जसपा अध्यक्ष यादव स्वदेश फिर्ता

By खबरहब

October 10, 2023

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिकामा भएको एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को अधिवेशनमा सहभागी भई आज फिर्ता भएका छन्।

सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादवले अमेरिकाको न्यूयोर्क र भर्जिनियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए । यही असोज १२ गते अध्यक्ष यादव अमेरिका प्रस्थान गरेका थिए ।

अध्यक्ष यादवलाई पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यसमितिका अध्यक्ष पर्शुराम बस्नेत, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।