राजनीति

प्रधानमन्त्रीद्वारा थवाङ खोलामा निर्मित पक्की पुलको उद्घाटन

By खबरहब

November 10, 2023

रोल्पा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको थवाङ गाउँपालिकास्थित थवाङ खोला पक्की पुलको आज उद्घाटन गरेका छन् । उक्त पुलको लम्बाइ एक सय ६९ मिटर रहेको छ । सो  अवसरमा उनले सहिदमार्ग कालोपत्र, थवाङमा फलफूल र जडीबुटी परियोजना  र रोल्पाका सबै स्थानमा विद्युत् सेवा विस्तार गरिने जानकारी दिए। 

प्रधानमन्त्री दाहालले आज नै  थवाङमा आयोजित गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै फुट र विभाजनका कारण माओवादी शक्ति केही कमजोर भएको जनाउँदै यसलाई शक्तिशाली बनाउन एकीकरण र ध्रुवीकरणको प्रक्रिया सुरु भएको बताए। उनले भने, ‘माओवादी धारको एकीकरण यथाशीघ्र हुन्छ । पार्टी एकताका लागि विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीसँग निकटता रहेकाले यसले यथाशीघ्र मूर्तरुप लिन्छ ।’

 प्रधानमन्त्री दाहालले रोल्पा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ  ।