ब्रेकिङ स्टोरी

मौलापुरका मेयर साहलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

By खबरहब

November 10, 2023

काठमाडौँ– सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पुनर्बहाली  गर्न अन्तरिम आदेश जारी दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले निर्वाचन आयोगले पद गएको भन्ने निर्णयको बदर गर्दै यस्तो आदेश दिएको हो ।

सर्वोच्चको आदेशसँगै मेयर साहको पद तत्काललाई जोगिएको छ । यस सम्बन्धमा १५ दिनभित्र निर्वाचन आयोगलाई लिखित जवाफ पेस गर्न पनि भनिएको छ  ।

यस अघि नेकपा एमालेको सिफारिसमा निर्वाचन आयोगले प्रमुख रिना कुमारी साहको पद निलम्बन गरेको थियो ।