प्रहरी

प्रहरीका पाँच एसपीको एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

By खबरहब

November 10, 2023

काठमाडौँ – नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी)हरु प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागी सिफारिस भएका छन् ।

शुक्रबार राती बसेको गृह मन्त्रालय मातहतको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

बढुवा बरियतामा अघि रहेका एसपी बसन्त रजौरे, रबिकुमार पौडेल, नबिनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई सिफारिस भएका हुन् ।