जीवनशैली

महिलाले पाउजु किन लगाउने ?

By खबरहब

December 10, 2023

हिन्दु धर्ममा नारीको सोह्र शृङ्गारलाई विशेष ध्यान दिने गरेको पाइन्छ ।

नारीको सोह्र शृङ्गारमा मेकअप मात्र हैन सुनचाँदी लगायतका गहनाहरूलाई पनि निकै महत्वपूर्ण स्थान दिइएको हुन्छ ।

त्यसैले विवाहित वा अविवाहित नारीहरू आफ्नो शृङ्गारमा निकै ध्यान दिन्छन् ।

नारीको पाउमा लगाउने पाउजु निकै महत्वपूर्ण गहनामा पर्छ । पाउजुको झन्कारलाई कवि तथा गीतकारहरूले विभिन्न प्रकारले व्याख्या गर्ने गर्छन् ।

पाउजुलाई नेपाली समाजमा मात्र नभइ पश्चिमाहरूले पनि केही महत्व दिएका छन् ।

पाउजुको इतिहास निकै लामो मानिन्छ । यतिसम्मकी मन्दिरमा राखिएका वा कुँदिएका देवीका मूर्तिहरूमा समेत पाउजु लगाएको देख्न सकिन्छ ।  

पाउजु लगाउँदाका फाइदा

पाउजुबाट आउने छमछम आवाजले मनलाई शान्ति दिन्छ । जसले गर्दा मनलाई हलुंगो बनाउने र  चाँदी चिसो भएकाले यसले शरीरलाई शीतलता पनि दिने गर्छ ।