ब्रेकिङ स्टोरी

अमरेश सिंहले एनसेलविरुद्ध दर्ता गरेको रिटको सुनुवाइ न्यायाधीश रेग्मीको इजलासमा

By खबरहब

December 10, 2023

काठमाडौँ– एनसेल शेयर खरिदबिक्री प्रकरणमा प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदनको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजालासमा परेको छ ।

सांसद सिंहले कानुनी प्रक्रियालाई मिचेर मुलुकलाई नै हानी पुग्ने गरी अपारदर्शी ढंगले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिदबिक्री भएको दाबी गर्दै शुक्रबार रिट निवेदन दायर गरेका थिए ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको छ।