आर्थिक

नेप्सेमा उछाल, एकै दिन तीनपटक सकारात्मक सर्किट ब्रेक, आजलाई कारोबार बन्द

By खबरहब

December 10, 2023

काठमाडौँ– सेयर बजारमा आज उछाल आएको छ । चालु साताको पहिलो कारोबार दिन आज नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार बन्द भएको छ ।

आज बजार खुलेदेखि नै नेप्से लगातार बढ्न थालेका थियो भने डेढ घण्टा नबित्दै ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो।

नेप्सेमा आज तीनपटक सकारात्मक सर्किट ब्रेक भएको थियो । यस दिन  जम्मा ९ मिनेट मात्रै शेयर कारोबार भएको छ।

नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेटको लागि कारोबार बन्द हुन्छ भने २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र ६ प्रतिशतले बढे दिनभरका लागि कारोबार बन्द हुन्छ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि शेयर बजारमा उछाल देखिएको हो। समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक १११ दशमलव २ अंकले बढेको हो। राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति लिएसँगै बजारमा उत्साह देखिएको छ।