समाचार

क्रिकेटर सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ आज पनि स्थगित

By खबरहब

December 10, 2023

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । यसअघि पनि यो मुद्दा पटक पटक स्थगित हुँदै आएको थियो ।

सो मुद्दा आज काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा एक नम्बरमा रहेको थियो । तर, नेपाल बार एसोसिएसनको चितवनको सौराहामा गोष्ठी भएका कारण अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि सुनुवाइ स्थगित गरिएको बताइएको छ ।

यसअघि गत कात्तिक २३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट मगाएको थियो । दुवै पक्षबाट गत शुक्रबार बहस नोट पेस भएपछि आजका लागि सुनुवाइको पेसी तोकिएको थियो ।

सन्दीप प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा हाल उमेर विवाद मुख्य विषय बनेको छ ।