तस्बिर- फक्स एटलान्टा

अन्तर्राष्ट्रिय

अमेरिकामा भएको गोली आक्रमणमा परी ३ जनाको मृत्यु

By खबरहब

December 10, 2023

वाशिङ्टन- अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा सहरमा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ । घटनामा अरु एक जना घाइते भएका छन् ।

एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीन जना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भेटिएका थिए । घाइतेलाई अस्पताल लगिएको छ ।

घटना लागूऔषध कारोबारसँग जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतकको सनाखत हुन सकेको छैन भने गोली प्रहारबारे अनुसन्धान जारी छ ।

गैरनाफामुखी अनुसन्धान समूह ‘गन भाइलेन्स आर्काइभ’ ले जनाएअनुसार अमेरिकामा यस वर्ष डिसेम्बर ९ सम्ममा ६ सय ३४ जना सामूहिक गोली आक्रमणको शिकार बनेका छन् ।