खेलकुद

अफगानिस्तानविरुद्ध नेपालका ओपनर अर्जुन कुमालको अर्धशतक

By खबरहब

December 10, 2023

काठमाडौं – एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध नेपालका ओपनर अर्जुन कुमालले अर्धशतक हानेका छन् । कुमालले ७५ बलमा ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरे ।

अफगानिस्तानले २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर अर्जुन कुमालले अर्धशतक प्रहार गरेको खेलमा नेपालका अन्य ब्याट्सम्यानको भने राम्रो प्रदर्शन छैन् ।

१ सय ५७ रन बनाएको नेपालले ७ विकेट गुमाएको छ । सातौं विकेटको रुपमा नेपालका दिपेश कँडेल ११ रनमा आउट भए ।

यसअघि छैटौं विकेटको रुपमा नेपालका गुलसन झा १७ रनमा आउट भएका थिए । नेपालले १९ औं ओभरमा लगातार दुई विकेट गुमाएको थियो ।

उत्तम मगर ४ रन र आकाश त्रिपाठी शून्यमा आउट भएका थिए । त्यसअघि कप्तान देव खनाल २४ रन जोडेर आउट भए ।

विपिन रावल शून्य रनमा पभेलियन फर्किदा दिपक बोहरा १५ रनमा आउट भएका थिए ।