खेलकुद

यू-१९ एसिया कपमा भारत पाकिस्तानसँग पराजित

By खबरहब

December 10, 2023

काठमाडौं- एसिसी यू–१९ एसिया कपमा भारत पाकिस्तानसँग ८ विकेटले पराजित भएको छ ।

२ सय ६० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४७ ओभरमा २ विकेट गुमाएर २ सय ६३ रन बनायो ।

पाकिस्तानका अजन आइसले नटआउट १०५ रनको शतकीय पारी खेले । साद बैगले नटआउट ६८ रन बनाए ।

यसअघि पहिला ब्याटिङ गरेको भारतले पूरा ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो ।

प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानले नेपाललाई हराएको थियो भने भारतले अफगानिस्तानलाई पराजित गरेको थियो । आजै भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले हारेको थियो ।