बलिउड/हलिउड

एनिमलको भोजपुरी रिमेक बन्ने, खेसारीलालको मुख्य भूमिका रहने

By खबरहब

December 10, 2023

काठमाडौं– बक्स अफिसमा तहल्का मच्चाइरहेको रणवीर कपुरको ‘एनिमल’ को भोजपुरी रिमेक बन्ने भएको छ ।

भोजपुरी स्टार खेसारीलाल यादवले यस फिल्मको मुख्य भूमिकामा रहेने छन् । एनिमलको भोजपुरी रिमेक ‘डंस’ हो । यस फिल्ममा कथा र एक्सन समेतको नक्कल गर्ने बताइएको छ ।

भारतीय सञ्चार माध्यम नवभारत टाइम्सका अनुसार खेसरीलाल यो फिल्मको तयारीमा जुटेका छन् । आउँदो जनावरीबाट यो फिल्मको छायाङ्कन हुँदैछ ।

यस फिल्ममा बलिउड र साउथका केही कलाकारको समेत अभिनय रहने छ ।