फाइल तस्वीर

समाचार

स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन

By खबरहब

December 10, 2023

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयमा आयोजित स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराउँदै उनले बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

कार्यक्रममा उनले बोर्डका नवनियुक्त अध्यक्ष डा गुणराज लोहनी तथा सदस्यहरू डा मुक्तिराम श्रेष्ठ र जुनु श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए ।

मन्त्रालयले बीमा कार्यक्रम प्राथमिकता राखेको भन्दै उनले बीमा कार्यक्रमलाई अझै व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताए । मन्त्री बस्नेतले स्वास्थ्य बीमालाई सबैको पहुँचमा पुर्‍याउनुपर्नेमा जोड दिए ।