खेलकुद

चितवनलाई हराएको ललितपुर अंक तालिकाको शीर्ष स्थानमा

By खबरहब

December 10, 2023

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसीले एफसी चितवनलाई पराजित गरेको छ ।

चितवनलाई हराएको ललितपुर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

आज दशरथ रंगशालामा एफसी चितवनलाई ३-१ गोल अन्तरले हराउँदै ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

ललिपुरको जितमा इबु केबले दुई तथा विवेक पौडेलले एक गोल गरे । चितवनका राफिक अमिनोले एक गोल गरे ।

योसँगै ललितपुरले ५ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कब्जा जमायो । चितवन ५ अंक सहित पाँचौं स्थानमा रहेको छ ।