ब्रेकिङ स्टोरी

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

By खबरहब

December 10, 2023

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् ।

आफूले २० गते नै राजीनामा बुझाएको तर, स्वीकृत नभएको उनको भनाई छ ।

राजीनामाको विषयमा उनले अहिले केही नबोल्ने बताएका छन् ।

उनी २०७९ माघ ९ गते प्रधानमन्त्री दाहालको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका थिए ।