फाइल तस्वीर

राजनीति

कर्णालीको मुख्यमन्त्रीमा माओवादीले दाबी पेश गर्दै

By खबरहब

January 11, 2023

काठमाडौँ- कर्णाली प्रदेशमा आज नयाँ सरकार बन्ने भएको छ।

आज बेलुकी ५ बजेभित्र माओवादीका संसदीय दलका नेता राजकुमार शर्माले पाँच वर्षका लागि मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।

सत्तारुढ दलको सबैभन्दा ठूलो दल माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गर्न लागेको हो। नेकपा एमाले असन्तुष्ट छ । एमालेले मुख्मन्त्री आलोपालो हुनुपर्ने माग गरेको छ ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १४ सिटका साथ प्रतिपक्षमा बस्ने भएको छ। कर्णालीमा माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक/ एकजना छन् ।