ब्रेकिङ स्टोरी

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका गिरी नियुक्त

By खबरहब

January 11, 2023

बुटवल– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । लुम्बिनी प्रदेशमा सरकारको नतृत्वका लागि सत्तारुढ गठबन्धन दलको समर्थनमा नेता गिरीले दाबी पेस गरेका थिए ।

गिरीलाई एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, राप्रपाका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनता समाजवादी पार्टीका तीन, स्वतन्त्र दुई, जनमत पार्टीका तीन र लोकतान्त्रिक समाजवादी पार्टीका तीन गरी ५८ प्रदेशसभा सदस्यको समर्थन रहेको छ।