फाइल तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

सोलेदार सहर दुश्मनको नियन्त्रणमा छैन : युक्रेन

By खबरहब

January 11, 2023

काठमाडौँ- युक्रेनले मुलुकको पूर्वी भागमा रहेको सोलेदार सहरमाथि दुश्मनको नियन्त्रण नरहेको स्पष्ट गरेको छ । युक्रेनका सैन्य अधिकारीहरूले भाडाका रुसी सिपाहीले सोलेदार सहर कब्जा गरेको समाचार असत्य भएको बताएका हुन् ।

सोलेदार कब्जापछि डोनबास क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न मार्ग प्रशस्त हुने रुसी दाबीलाई युक्रेनले खण्डन गर्दै ‘सोलेदार युक्रेनी थियो, छ र सधैँ रहने’ दाबी गरेको छ ।

युक्रेनी सेनाको रणनीतिक सञ्चार शाखाले बुधबार एक विज्ञप्तिमा भनेको छ । रुसी सञ्चारमाध्यमले सोलेदारमा लिइएको दाबी गरेका तस्विरहरू त्यहाँका नभई अन्यत्र खिचिएका युक्रेनी सेनाले बताएको छ ।