आर्थिक

दक्षिण एसियाकै उत्कृष्ट १० सीइओमा नेपालका सञ्जय अग्रवाल

By खबरहब

January 11, 2023

काठमाडौँ : रमेश कोर्पका प्रमुख सन्जय अग्रवाल दक्षिण एसियाकै उत्कृष्ट १० सीइओमा छनौट भएका छन् । दक्षिण एसियामा व्यापार व्यवसाय चलाउने सीइओसम्बन्धीको म्यागजिन ‘सीइओ इन्साइट्स एसिया’ले अग्रवाललाई दक्षिण एसियाकै उत्कृष्ट १० सीइओमा अग्रवाललाई छनौट गरेको हो ।

नेपालबाट अग्रवालसहित चार जना अरु सीइओ पनि यो सूचिमा छन् । सूचिको सातौँ नम्बरमा अग्रवाल रहेका छन् ।

सूचिमा नेपालबाट अग्रवालसँगै आशिष शर्मा, अभिषेक घिमिरे र सूदीप आचार्य पनि छन् । दक्षिण एसियाका उदाउँदा सीइओको सूचिमा अफगानिस्तान, सिंगापुर, माल्दिभ्स, बंगलादेशका व्यवसायी पनि छन् ।