तस्वीर- ट्विटर/सर्वप्रिया सङ्वान

अन्तर्राष्ट्रिय

दिल्लीबाट काठमाडौँ उडेको एअर इण्डियाको विमानमा यात्रुलाई दिइएको खानामा ढुङ्गा भेटियो

By खबरहब

January 11, 2023

काठमाडौँ- दिल्लीबाट काठमाडौँका लागि उडान भरेको एअर इण्डियाको विमानमा यात्रुलाई दिइएको खानेकुरामा ढुङ्गाको टुक्रा फेला परेको छ । टाटा कम्पनीको स्वामित्वमा रहेको एअर इण्डियाको विमानमा एक जना महिला यात्रुलाई दिइएको खानेकुरामा ढुङ्गाको टुक्रा फेला परेको हो ।

पछिल्लो समय यात्रुले उडिरहेको विमानमा पिसाब फेरेको घटना सार्वजनिक भएर आलोचना खेपिरहेका बेला एअर इण्डियाले यात्रुलाई दिइएको खानेकुरामा ढुङ्गाको टुक्रा भेटिएको हो ।

दिल्लीबाट काठमाडौँका लागि उडान भरेको एअर इण्डियाको एआई २१५ विमानमा यात्रा गरिरहेकी सर्वप्रिया सङ्वानलाई दिइएको खानेकुरामा ढुङ्गाको टुक्रा फेला परेको भारतीय समाचार संस्था जीन्युजले उल्लेख गरेको छ । उनले सामाजिक सञ्जाल ट्विटरमा तस्वीर सार्वजनिक गर्दै घटनाको खुलासा गरेकी हुन् ।

‘ढुङ्गारहित खानेकुरा उपलब्ध गराउन तपाईहरुलाई कुनै स्रोत चाहिँदैन, एअर इण्डिया ।’ उनले ट्विटरमा लेखेकी छिन् ‘एआई २१५ मा यात्रा गर्दा मलाई दिइएको खानेकुरामा यो भेटियो । यसबारे चालक दलमा सदस्य ज्याडोनलाई यसबारे जानकारी गराइयो । यस्तो हेलचेक्र्याईँ अस्वीकार्य छ ।’

 

You don’t need resources and money to ensure stone-free food Air India (@airindiain). This is what I received in my food served in the flight AI 215 today. Crew member Ms. Jadon was informed.
This kind of negligence is unacceptable. #airIndia pic.twitter.com/L3lGxgrVbz

— Sarvapriya Sangwan (@DrSarvapriya) January 8, 2023