सांकेतिक तस्बिर

देश/प्रदेश

निसास्सिएर पर्सामा दुई जना भारतीय मजदुरको मृत्यु

By खबरहब

January 11, 2023

काठमाडौँ- पर्साको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निसास्सिएर मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं डिएसपी दिपक गिरीले बताए ।

मृत्यु हुनेमा भारत बिहारको मोतिहारी जिल्ला रक्सौल थाना कौवाठेगर–७ निवासी २९ वर्षीय पवित्र गिरी र भारत निवासी ३० वर्षीय मिथलेश यादव छन् ।

पत्थर कोइला बालेर झ्यालढोका बन्द गरी कोठामा सुतेका दुबै जनाको अक्सिजन कमी हुँदा निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।