राजनीति

नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्न कमल थापाको माग

By खबरहब

January 11, 2023

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्न माग गरेका छन् ।

राप्रपा नेपालले ३०१ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पृथ्वीनारायण शाह कुनै राजनीतिक वाद र विचारभन्दा माथि रहेको जनाए ।

उनले नेपाल एकीकरणको अभियान एक संस्थासँग मात्रै सम्बन्धित नभइ नेपाललाई नाम र पहिचान दिने महान् कार्य भएको बताए ।

उनले राज्यले शाहलाई सम्मानमा दिन कन्जुस्याइँ गर्न नहुने बताए । ७४ सालमा आफू सरकारमा रहँदा राज्यले नै ओपचारिक रुपमा पृथ्वी जयन्ती मनाएको स्मरण गर्दै यसपटक पृथ्वी जयन्ती एवं एकता दिवसमा राज्यको उपस्थिति नभएको प्रति रोश प्रकट गरे ।