अन्तर्राष्ट्रिय

भारतको जम्मु कश्मीरका महिला च्याउखेतीतर्फ आकर्षित

By खबरहब

January 11, 2023

काठमाडौँ– भारतको जम्मु कश्मीरका महिलाहरु च्याउखेतीतर्फ आकर्षित हुन थालेका छन् । दक्षिण कश्मीरको कुलगाम जिल्लाका महिलाहरु च्याउखेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सरकारको राष्ट्रिय ग्रामीण जिविकोपार्जन कार्यक्रमको सहयोग र कृषि विभागको समन्वयमा कुलगामका महिलाहरुले च्याउखेती गरिरहेका छन् ।

यसका लागि भारत सरकारले महिलाहरुलाई भारी मात्रामा अनुदान लगायतका सहयोग गरिरहेको एएनआईले उल्लेख गरेको छ । एएनआईले कृषि अधिकारीको भनाइ उद्धृत गर्दै जनाएअनुसार कृषि विभागले च्याउखेती गरिरहेका महिलालाई ५० प्रतिशत अनुदान र प्राविधि ज्ञान उपलब्ध गराउँदै आएको छ ।

कुलगामका च्याउ विकास सहायक सकिलउर रहमानले जनाएअनुसार च्याउखेतीमा सबै वर्ग र उमेर समूहका महिलाहरु सक्रिय छन् ।