फाइल तस्वीर

ब्रेकिङ स्टोरी

सांसदहरूलाई आज शीतलनिवासमा राष्ट्रपतिको निम्तो

By खबरहब

February 11, 2023

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय सांसदहरुलाई शीतल निवासमा बोलाएकी छन्।

संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गरेको भोलिपल्ट दिउँसो ३ बजे सांसदहरूलाई शीतल निवासमा निम्तो दिएकी हुन्।

प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपतिले सांसदहरूलाई बोलाएको राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्।

आफ्नो ७ वर्षे कार्यकाल सकेर बिदा हुने क्रममा रहेकी राष्ट्रपति भण्डारीको सांसदहरुसँग विदाइ भेटसमेत रहेको बताइएको छ।

भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ। नयाँ राष्ट्रपतिको चुनाव फागुन २५ गते तोकिएको छ।