फाइल फोटो

समाचार

यस्तो छ बेनी–गलेश्वर सडकमा सवारी चल्ने र बन्द हुने समय तालिका

By खबरहब

February 11, 2023

म्याग्दी – मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी–गलेश्वर सडक खण्डमा सवारी चल्ने र बन्द हुने समय तालिका बनाइएको छ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बसेको बैठकले सडकको स्तरोन्नतिको कामलाई गति दिनका लागि फागुन १ देखि १५ गतेसम्म दैनिक साढे ६ घण्टा बन्द हुने गरी तालिका बनाएको हो। तालिकाअनुसार बिहान ६–८, दिउँसो ११:३० देखि १:३० र राति ८:३० देखि ११ बजेसम्म सडक बन्द हुनेछ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बेनी–जोमसोम– कोरला सडक आयोजना, निर्माण कम्पनी, यातायात व्यवसायी र सुरक्षा निकायका प्रतिनिधिको बैठक बसेको थियो।