राजनीति

एमाले सांसद थापाको पहिलो महिनाको पारिश्रमिक विद्यालयलाई

By खबरहब

February 11, 2023

काठमाडौँ- प्रतिनिधिसभा सदस्य सूर्य थापाले पहिलो महिनाको पारिश्रमिक प्युठानको एक विद्यालयमा अक्षयकोष स्थापनाका लागि दिएका छन्।

मल्लरानी गाउँपालिका– २ चुँजा, प्युठानमा अवस्थित अमर माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि सो पारिश्रमिक दिएको सांसद थापाले घोषणा गरेका हुन् । विद्यालयको स्वर्ण महोत्सव सहभागी सांसद थापाले सो घोषणा गरेका हुन् ।

थापाले पार्टीलाई बुझाउने लेबी र कर कट्टीपछि बचेको पारिश्रमिक विद्यालयलाई उपलब्ध गराउने बताए । विद्यालयले उक्त रकमबाट आवश्यकता अनुसारको अक्षयकोष स्थापना गरेर सदुपयोग गर्न थापाले आग्रह गरे ।