अन्तर्राष्ट्रिय

भूकम्पको पाँच दिनमा ६ जनाको परिवारको उद्दार

By खबरहब

February 11, 2023

इस्तानावुल – भूकम्प गएको पाँच दिन पछि टर्किएको एउटा सिंगो परिवारलाई जीवित उद्दार गरिएको छ ।

टर्किएको हंटे प्रान्तको भग्नावशेषबाट ६ जनाको परिवारलाई पाँच दिन पछि उद्दार गरिएको हो । उनीहरूको अहिले स्थानीय अस्पतालमा उपचार थालिएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्।

यस्तै भूकम्प गएको चार दिन पछि चमत्कारिक रूपमा १० दिनको बच्चासहित उनको आमालाई पनि जिउँदै उद्दार गरिएको छ । यागिज उल्स नामको १० दिनको बच्चालाई हाटेस्थित एउटा क्षतिग्रस्त भवनबाट आमासहित उद्दार गरिएको हो । उद्धारकर्मीहरूले बिस्तारै बिस्तारै भग्नावशेषबाट आमा छोरालाई उद्दार गर्ने बित्तिकै थर्मल कम्बलमा बेरेका थिए भने आफैसँग रहेका स्वास्थ्यकर्मीहरूलाई हस्तान्तरण गरेका थिए । चार दिन पछि जिउँदै फेला परेकी आमा होसमा भए पनि बोल्न सक्ने अवस्थामा थिइनन्। उनीहरूको अहिले समंदागस्थित एक अस्पतालमा दुवै जनाको उपचार भइरहेको छ ।

टर्किए र सिरियामा गएको ७.८ रेक्टरको भूकम्पमा परी अहिलेसम्म २३ हजार भन्दा बढीको ज्यान गएको छ ।