देश/प्रदेश

राष्ट्रपति भण्डारीको सवारीमा ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने प्रहरी निलम्बित

By खबरहब

February 11, 2023

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी सवारी भएका बेला सडक खाली गर्ने क्रममा ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा परेका छन् ।

सो घटनामा संलग्न भनिएका महानगरीय प्रहरी वृत्त जनसेवाका वरिष्ठ प्रहरी हवल्दार शम्भूजंग गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौँले निलम्बन गरेको हो ।