सांकेतिक तस्बिर

देश/प्रदेश

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

By खबरहब

February 11, 2023

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका–३ मा बसको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय मिनबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डुम्रेबाट आबुखैरेनी जाँदै गरेको ग१ख ६३०७ नम्बरको बसको ठक्करबाट विकको मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।

बसको ठक्करबाट घाइते विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा क्रममा मृत्यु भएको हो । बसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।