सांकेतिक तस्बिर

देश/प्रदेश

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

By खबरहब

February 11, 2023

काठमाडौँ- अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा  ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अरु दुई जना घाइते भएका छन् ।

पाणिनि गाउँपालिका वडा नं ८ पालीमा आज बिहान लु २ त ९२७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षिय हुमबहादुर कुमालको ज्यान गएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

दुर्घटनामा २२ वर्षका चालक चामबहादुर कुमाल र ३९ वर्षका शंकरबहादुर कुमाल घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि पाल्पा पठाइएको छ ।

प्रहरीका अनुसार टयाक्टरको ब्रेक फेल भइ बाटोबाट अन्दाजी एक सय ५० मिटर तल खसेको थियो ।