देश/प्रदेश

अख्तियार स्थापना दिवसमा पाँच पत्रकार पुरस्कृत

By खबरहब

February 11, 2023

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसको अवसरमा पाँच जना पत्रकार पुरस्कृत भएका छन् ।

पुरस्कृत हुनेमा कान्तिपुर दैनिकका मातृका दाहाल, अन्नपूर्ण पोस्टका सुरेन्द्र काफ्ले, नयाँ पत्रिकाका सुवास भट्ट, राजधानीका सागर पण्डित र अनलाइन खबरका कृष्ण ज्ञवाली रहेका छन् ।

आयोगको ३२ औं स्थापना दिवसमा शनिबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत पत्रकारलाई भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्न समाचार सम्प्रेषणमार्फत पुर्‍याएको योगदानको कदर गर्दै नगदसहित पुरस्कृत गरेकी हुन् । पुरस्कारको राशि जनही २० हजार रूपैयाँ रहेको छ ।