सांकेतिक तस्बिर

देश/प्रदेश

मकवानपुरमा बिहेभोज खाएर फर्किने बेला भिरबाट लडेर एक जनाको मृत्यु

By खबरहब

February 11, 2023

काठमाडौँ- मकवानपुरको इन्द्रसरोवरमा बिहेभोज खाएर फर्किने बेलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

इन्द्रसरोवर गाउँपालिका–२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

छिमेकीको घरमा बिहेमा गई भोज खाएर घर फर्किने क्रममा उनी भीरबाट झण्डै ४० फिट तल खसेका थिए । लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।