फाइल तस्वीर

अन्तर्राष्ट्रिय

भारतमा ट्रकले घोडबग्गीलाई ठक्कर दिँदा घोडासँगै तीन जनाको मृत्यु

By खबरहब

February 11, 2023

काठमाडौँ- भारतको मेरठ नजिकै रहेको खरदोनी गाउँमा ट्रक र घोडबग्गी एक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ। शनिबार बिहान भएको उक्त दुर्घटनामा बग्गीमा सवार तीन जना सँगै घोडाको पनि मृत्यु भएको छ ।

ट्रक चालकको लापरवाहीका कारण दुर्घटना भएको बताइएको छ । दुर्घटनामा मृत्यु हुनेहरू किला परीक्षितगढमा बिहेमा सहभागी हुन गएका थिए । घर फर्कने क्रममा इन्चोली प्रहरी चौकी इलाका अन्तर्गतको खरदोनी गाउँ नजिक परालले भरिएको ट्रकसँग उक्त बग्गी ठोक्किएको थियो ।

सूचना पाएलगत्तै गाउँपालिकाका प्रहरी उपरीक्षक अनिरुद्ध कुमार र इलाका प्रहरी अधिकृत आशिष शर्मा घटनास्थल पुगेका थिए ।