खेलकुद

बायर्न म्युनिखकाे सहज जित

By खबरहब

February 11, 2023

काठमाडौं । जर्मन बुन्डेसा लिग फुटबलमा बोचुमविरुद्धको खेलमा बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले बोचुमलाई ३– ० गोल अन्तरले हराएको हो ।

खेलको ४१ औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको ६१ औं मिनेटमा किङ्सले कोम्यानले गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए । त्यस्तै खेलको ७३ औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई ३–० को जित दिलाए । जितसँगै बायर्नले २० खेलमा ४३ अंक जोडेको छ ।