फाइल फोटो

ब्रेकिङ स्टोरी

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन गठबन्धनको बैठक बस्दै

By खबरहब

March 11, 2023

काठमाडौँ – ९ दलीय गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ ।

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन गठबन्धनका शीर्ष तहका नेताहरुको बैठक बस्न लागेको हो।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज मनोनयन दर्ताको समय तालिका छ।

निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न नपाउने भनेपछि गठबन्धनका दलहरूले आपत्ती जनाएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिको निर्वाचनका लागि हुने उम्मेदवारको मनोनयनपत्र दर्ताका क्रममा पुरुष उम्मेदवारको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको बताइएको छ ।