ब्रेकिङ स्टोरी

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन गठबन्धनका शीर्ष नेताको बैठक जारी

By खबरहब

March 11, 2023

काठमाडौँ – ९ दलीय गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको बैठक अहिले जारी छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउनेबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई,लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायतका नेता सहभागी छन्।

उपराष्ट्रपतिका लागि गठबन्धनको जनता समाजवादी पार्टी (जसपा)ले रामसहायप्रसाद यादवलाई अघि सारेको छ। जनमत पार्टीले पनि आकांक्षा राखेको छ। उसले ममता झालाई अघि सारेको छ। यस्तै गठबन्धनकै नागरिक उन्मुक्तिले उमरै नपुगेकी अध्यक्ष रन्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने कच्चा निर्णय गरेको थियो।

उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज मनोनयन दर्ताको समय तालिका छ। मतदान आगामी चैत ३ गतेका लागि तय भएको छ।