ब्रेकिङ स्टोरी

गठबन्धनबाट जनमतकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने 

By खबरहब

March 11, 2023

काठमाडौँ – सत्तारुढ गठबन्धनमा रहेको जनमत पार्टीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दश दलको बैठकपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टीकी ममता झाको उम्मेदवारी दर्ता गर्ने बताएका हुन् ।

राउतले गठबन्धनबाट तीन जनाले उम्मेदवारी दिने जानकारी दिए । निर्वाचन आयोगको निर्णयअनुसार पुरुष उम्मेदवार उठाउँदा भोलि खारेज हुन सक्ने खतरा भएकाले आफूहरूले ममतालाई उम्मेदवार बनाउने बताए ।

जसपाले पनि महिला र पुरुष दुवै उम्मेदवार उठाउने सम्भावना रहेको उनले बताए । छलफलको क्रममा रहेकाले भोलिसम्म गठबन्धनको एउटा मात्र उम्मेदवार हुने उनको दाबी छ । ममतालाई लोसपा र नागरिक उन्मुक्तिलगायतको समर्थन रहेको उनले सुनाए।