फाइल तस्वीर

ब्रेकिङ स्टोरी

एमालेले अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

By खबरहब

March 11, 2023

काठमाडौँ – नेकपा एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बिहान पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

‘यो बैठक एउटा मात्रै एजेण्डामा केन्द्रित थियो । चैत्र ३ गते हुने उपराष्ट्रपतिका लागि पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेका छौँ ।’ उनले भने।

उपराष्ट्रपति पदका लागि आज निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको छ ।