ब्रेकिङ स्टोरी

उपराष्ट्रपति पदका लागि यादवको उम्मेदवारी दर्ता

By खबरहब

March 11, 2023

काठमाडौँ– सत्ता गठबन्धनकातर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीकातर्फबाट रामसहायप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन्।

संघीय संसद् भवन नयाँ बानेश्वरमा गठबन्धनका नेताहरू संयुक्तरुपमा पुगेर उपराष्ट्रपतिमा नेता यादवको उम्मेदवारी दर्ता गराएका हुन् । 

यादवको प्रस्तावकमा नेताहरू अशोक राई, प्रदीप यादव, शक्ति बस्नेत, किसान श्रेष्ठ र रमेशजङ्ग रायमाझी तथा समर्थकमा नेताहरू रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, डा खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन् ।