ब्रेकिङ स्टोरी

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा प्रमिला यादवको उम्मेदवारी दर्ता 

By खबरहब

March 11, 2023

काठमाडौँ– सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीका सांसद प्रमिला यादवले उम्मेदवारी दर्ता गराएकी छन् । संघीय संसद् भवन नयाँ बानेश्वर पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उम्मेदवार यादवको प्रस्तावकमा सांसदहरू रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव रहेका छन्। यस्तै उनको समर्थकमा सांसदहरू अनिता देवकोटा, विमला सुवेदी, सीता गुरुङ, जयन्ती राई र मनिसकुमार सुमन छन् । 

उम्मेदवार यादवले आफ्नो उम्मेदवारी जित्नका लागि भएको बताए । निर्वाचनसम्मका लागि नै उम्मेदवारी दिएको उनले उल्लेख गरे ।